नयाँ दिल्ली, ७ साउन –
भारतीय वायु सेनाको एक विमान शुत्रबार वेपत्ता भएको समाचार छ । सो विमानमा २९ व्यक्ति सवार रहेका र बङ्गालको खाडीमा विमान वेपत्ता भएको अनुमान गरिएको छ ।
सो विमान आन्डमान र निकोबार द्विपको राजधानी पोर्ट व्लेयरतर्फ गइरेहको वायु सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । विमानको खोजी कार्य जारी रहेको बताइएको छ ।
स्थानीय समयानुसार शुक्रबार विहान ८ः३० मा उडेको यो विमान पोर्ट ब्लेयरमा ११ः३० मा अवतरण हुने समयतालिका रहेको थियो ।
यस विमानमा छ जना चालक दलका सदस्यसहित २९ व्यक्ति सवार रहेको जनाइएको छ ।
भारतीय सहर चेन्नाइबाट उडेको १५ मिनेटपछाडि सो विमान वेपत्ता भएको बताइएको छ । गत बर्ष पनि चेन्नाई भारतीय तटीय गार्डको विमान दुर्घटना हुदाँ विमानमा रहेका तीन व्यक्तिको मृत्यु भएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution