काठमाडौँ, ७ साउन –
प्रमुख दलहरुबीच व्यवस्थापिका–संसद्मा छलफलको पहिलो विषय आर्थिक विधेयक वा अविश्वासको प्रस्ताव कुन हुने भन्ने विवाद सल्टिएपछि आजको बैठक सुरु भएको छ ।
बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
त्यसपछि सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन २०७३ सदन समक्ष पेस गर्नुभयो । उक्त प्रतिवेदनमा मुलुकका विभिन्न निकायमा देखिएको आर्थिक अनुशासनहीनताले अनियमितता र भ्रष्टाचार मौलाउन गई आर्थिक सन्तुलन खलबलिएको उल्लेख गरिएको छ ।
आर्थिक प्रणाली प्रारदर्शी नहुँदा नेपालको छवि नै खस्किएको उल्लेख गर्दै सभापति शर्माले राज्यमा शासन र सुशासन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था देखिएको टिप्पणी गर्नुभयो ।
आर्थिक अनियमितताका घटनामा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समितिले दिएको निर्देशनको आवश्यक पालना नभएको तथ्य पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।
बैठकमा भर्खरै आर्थिक विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवाल संशोधन प्रस्ताव पेस गर्नुभएको छ ।
आर्थिक विधयेकसँगै आजै सरकार विरुद्धको अविश्वासको प्रस्ताव पनि सदनमा पेस हुने कार्यसूची रहेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution