साइबर अपराध नियन्त्रण गर्नुपर्ने – डा महत

  • पोखरा न्यूज
  • २०७३ श्रावण ७
Post Thumbnail

काठमाडौँ, ७ साउन –

आइसिटी पत्रकार विकास मञ्चले हरेक वर्ष प्रदान गर्ने “आइटी अवार्ड–२०७३” यस वर्ष विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुरयाएबापत ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनलाई आज यहाँ आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।

विगत पाँच वर्षदेखि आइटी, आइसिटी व्यवसायी, सामाजिक, स्वास्थ्य, शैक्षिकलगायतका क्षेत्रमा योगदान पुरयाउने व्यक्तिलाई मञ्चले पुरस्कार प्रदान गर्दै आएको छ । मञ्चले विभिन्न क्षेत्रमा योगदान पुरयाएबापत दन्त चिकित्सक डा सुवास घिमिरे, व्यवसायी विश्वराम बलामी, समाजसेवी भवानी पौडेल, हिम्मत श्रेष्ठ, चित्रबहादुर रसाइली र डोल्मा लामालाई प्रदान गरेको छ ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले आइसिटी पत्रकार विकास मञ्चद्वारा प्रकाशित “साइबर आइसिटी इन्फो” को विमोचन गर्दै पछिल्लो पटक प्रविधिको विकाससँगै साइबर अपराध बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रामेश्वर फुयाँलले मुलुकमा संविधान जारी भइसकेका अवस्थामा त्यसको कार्यान्वयनसँगै देशलाई सूचना प्रविधि, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्न सबै दल एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनलगायत अन्य सञ्चारमाध्यमले समेत इन्टरनेटको दुरुपयोग गरेर प्रकाशन÷प्रसारण गरेकाप्रति काउन्सिलले आचारसंहितालाई कडाइकासाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस