नवलपरासी, ७ साउन –
नवलपरासीमा बाढीबाट प्रभावित बनेका समुदायलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
परासी क्षेत्रमा प्रभावित बनेका स्थानीय बासिन्दालाई परासीस्थित बज्रदल गणको टोलीले उद्धार गरेको हो । बाढीका कारण एउटा घरबाट अर्को घरमा जान नसकेका र घरमै जोखिमपूर्ण बस्न बाध्य बढी प्रभावित करिब चार सयलाई उद्धार गरेको बज्रदल गणका गणपति पूर्णप्रसाद ढकालले बताउनुुभयो ।
बिहीबार साँझबाटै भएको अविरल वर्षाका कारण प्रभावित बनेको सदरमुकाम परासीमा बिहीबार रातिदेखिनै नेपाली सेनाको टोलीले प्रभावित समुदायलाई उद्धार गरेको थियो । बाढीबाट बढी मात्रामा प्रभावित हाटबजार क्षेत्र, बुद्धचोक क्षेत्र, नापी शाखा क्षेत्र र नेपाली सेनाको ब्यारेक क्षेत्रबाट प्रभावित बनेको जनसमुदायलाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
वर्षाबाट अहिलेसम्म मानविय क्षति भएको छैन् । सदरमुकाम परासी बजारमा अहिले भएको वर्षा पछिल्लो २० वर्ष यताकै सबैभन्दा ठूला भएको परासीका शिक्षक खेमलाल शर्माले बताउनुभयो । सदरमुकाम परासीमा ठूलो वर्षाका कारण डुबानपछि स्थानीय प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको छ । बाढीकै कारण नवलपरासीका एक दर्जनभन्दा बढी खहरे खोलाहरुले नजिकका बस्ती र खेतीयोग्य जमिन कटान गरेको छ ।
यसैबीच नवलपरासीमा पानीको बहाव तीव्र भएकाले त्रिवेणीस्थित नारायणी पुलको ३३ नम्बर फाटक भाँचिएर बगाएको छ भने नारायणीमा आएको बाढीले गण्डक क्षेत्रको कुडिया र त्रिवेणीसुस्ता गाविस डुबानमा परेको छ ।
यस्तै जिल्लाको परासी क्षेत्रसहित हकुई, सुक्रौली, पाल्ही, हरपुर, कुश्मा ,रमपुरवा, रामपुर खडौना, बडहरा दुबौलियालगायतका गाँउहरुमा पानी पसेको छ भने अधिकांश धानखेतीमा क्षति पुगेको किसानहरुले बताएका छन् । अहिले पनि यस्तै बाढी आउँदा कति बेला के हुने हो भन्ने चिन्तामा स्थानीय रहेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution