अविश्वास प्रस्ताव जनता र संविधानको भावना विपरीत – नेम्वाङ

काठमाण्डौ, ७ साउन-

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्को संसदीय निर्वाचन नहुँदासम्म दलहरु सरकार परिवर्तनमा होइन संविधानको कार्यान्वयनमा लाग्ने परिकल्पना विपरीत अविश्वासको प्रस्ताव आएको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले भन्नुभयो, “संविधानले नसोचेर होइन, जानेर नै नयाँ प्रधानमन्त्रीका बारेमा व्यवस्था नगरेको तथ्य निर्विवाद रहेको छ । संविधानले सरकार फेरबदलमा होइन, संविधान कार्यान्वयनमा एकजुट हुनका लागि त्यस्तो व्यवस्था गरेको हो ।”

अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण र बेठिक भएको भन्दै उहाँले प्रधानमन्त्री ओलीले नाकाबन्दीको अवस्था हटाउनेलगायत मुलुकलाई समृद्धि गराउने काम गरेको तर्क राख्नुभयो । के नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो रु भनी प्रश्न गर्दै उहाँले सरकारका कमीकमजोरी नहोस् र सरकार ठिक दिशामा सञ्चालन होस् भन्नका लागि उच्चस्तरीस्य राजनीतिक संयन्त्रका संयोजक र अविश्वासको प्रस्तावको पहिलो हस्ताक्षरकर्ता पनि पुष्पकमल दाहाल नै हुनु युक्तिसङ्गत नभएको बताउनुभयो ।

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने दायित्व सरकारमा सहभागी माओवादी केन्द्रको पनि भएको जनाउँदै उहाँले संविधान बन्यो र ओलीको नेतृत्वमा सरकार बन्यो भनेर खुसी मान्ने जनता अहिले दुःखित भएको टिप्पणी गर्नुभयो ।

संविधान स्वीकार्य छैन भन्ने मधेसी मोर्चाका सांसद् आजको बैठकमा सहभागी भएकामा प्रशन्नता व्यक्त गर्दै उहाँले अविश्वासको प्रस्तावको हस्ताक्षरको लहरमा मोर्चाका सांसद्को नाम हुनुले संविधानलाई उहाँहरुले स्वीकार गरेकाले आफू खुसीले गद्गद् भएको उल्लेख गर्नुभयो ।

सो प्रस्तावमाथिको छलफल संसद्को आगामी बैठकमा जारी रहनेछ । अर्को बैठक भोलि साउन ८ गते बिहान ११ बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button