शल्यक्रियामार्फत बच्चा जन्माउने बढे

काठमाडौँ, ८ साउन –

नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

धेरै गर्भवती सुत्केरी हँुदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको तथ्याङ्कले देखाएको हो । सन् २०१५ मा सरकारले गरेको सर्वेक्षणमा नेपालको १५ दशमलव ६ प्रतिशतले शल्यक्रिया गराउने गरेको तथ्याङ्क पाइएको छ ।

अस्पताल तथा स्वास्थ्य संस्थामा गई सुत्केरी हुने ५५ दशमलव २ प्रतिशतमध्ये शल्यक्रियामार्फत १५ दशमलव ६ प्रतिशतले बच्चा जन्माउने गरेको पाइएको हो । फेरिएको र सुधारिएको जीवनशैली र प्रसव पीडाबाट मुक्त हुन शल्यक्रियामार्फत बच्चा जन्माउन चाहनेको सङ्ख्या बढी रहेको चिकित्सक बताउँछन् ।

स्वास्थ्य विभाग परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे यो सङ्ख्यमा नेपालको परिप्रेक्ष्यमा निकै उच्च भएको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपालको सन्र्दभमा यो सङ्ख्या निकै उच्च हो । अहिले विदेशको तुलना पनि नेपालको सङ्ख्या उच्च हो । विभिन्न कारणले अहिले शल्यक्रियामार्फत बच्चा जन्माउनु प्रचलनको रुपमा विकास हुँदै गएको छ ।”

नेपालमा अहिले ज्योतिषलाई हेराइ उचित दिन, नक्षत्र पारेर त्यस दिन बच्चा जन्माउने प्रचलन पनि बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार १०० प्रतिशतमा १५ प्रतिशत गर्भवतीमा जटिलता आउँछ र त्यसमध्ये पाँच प्रतिशत मात्र शल्यक्रिया गर्नुपर्ने अवस्थामा हुन्छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा ज्योति अग्रवाल सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित हुनु, पेटभित्र नै बच्चाले दिसा गरेमा, गर्भवतीलाई उच्च या कम रक्तचाप हुनु, बच्चा उल्टो वा तेर्सो बसेमा, आमालाई मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउने बताउनुहुन्छ । प्राकृतिक अवस्थाबाट नै बच्चा जन्माउनु आमा तथा शिशुका लागि उत्तम हुने चिकित्सकको भनाइ छ ।

जनस्वास्थ्य अधिकृत पाण्डेले आमा सुरक्षा कार्यक्रम लागू गरिएका निजी अस्पताल र स्वास्थ्य संस्थाले पनि बढी पैसा पाइने लोभले पनि शल्यक्रिया गर्ने क्रम बढेको हुनसक्ने बताउनुभयो । सरकारले आमा सुरक्षा कार्यक्रम लागू भएका अस्पताललाई सामान्य सुत्केरी गराउँदा रु एक हजार ५००, जटिलता भएको सुत्केरी गराउँदा रु तीन हजार र शल्यक्रिया गरी सुत्केरी गराउँदा रु सात हजार अस्पताल वा स्वास्थ्य संस्था लिने गरेको छ । यो रकम लिएपछि ती अस्पतालले सुत्केरीबाट एक रुपैयाँ पनि लिन नपाउने व्यवस्था गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button