सोलुुखुम्बु, ८ साउन –
सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ ।
पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो खसे पछि त्रसित बनेका गाउँका बासिन्दा आफन्त र छिमेकी गाउँको शरणमा पुगेका छन् ।
गाउँदेखि झन्डै एक किलोमिटर उचाइमा रहेको लुङकास्कुडाँडामा रहेको भीमकाय ढुङ्गा धस्सिएर ठाउँ छाडेपछि उक्त ढुङ्गा गाउँमा खस्ने डरमा गाउँलेले बस्ती छाडेका हुन् ।
भीमकाय ढुङ्गा खसेमा गाउँका पूरै घर क्षति पुरयाउने डरले सर्वसाधारणले ज्यान जोगाउन गाउँ छाडेको स्थानीय बदरकुमार राईले जानकारी दिनुभयो । चौध परिवारमा रहेका करिब ७० जना मानिसले पाँच दिनदेखि गाउँमा रात बसेका छैनन् । उनीहरु टिमेकी गाउँ ओखममा बस्ने गरेका छन् ।
गाईबस्तु ३१ गते नै गोठला भन्ने खाली जग्गामा सामूहिक रुपमा बाँधिएको छ । चौध घरमध्ये पनि छ घर उच्च जोखिममा रहेको गाविस सचिव चन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
पहिरोबाट गाउँ नै जोखिममा रहेको खबरपछि प्रतिपरिवार दुई थानका दरले त्रिपाल पठाइएको दैवीप्रकोप उद्धार समिति सोलुखुम्बुका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय सोताङमा रहेको त्रिपाल त्यसतर्फ पठाइएको उहाँको भनाइ छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution