गोरखामा परकम्प

काठमाडौँ, ८ साउन –

गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शुक्रबार काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर ३.७ रिक्टरको परकम्प गएको थियो । दुईसाता बढीदेखि रोकिएको परकम्प आउने क्रम पुनः सुरु भएको छ ।

पछिल्लो पल्ट असार २२ गते दोलखा केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । गोरखा भूकम्पको परकम्प लामो समयको अन्तरपछि पुनः बाक्लिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४६६ परकम्प गएको केन्द्रले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button