काठमाडौँ, ८ साउन –
गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रबार काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर ३.७ रिक्टरको परकम्प गएको थियो । दुईसाता बढीदेखि रोकिएको परकम्प आउने क्रम पुनः सुरु भएको छ ।
पछिल्लो पल्ट असार २२ गते दोलखा केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । गोरखा भूकम्पको परकम्प लामो समयको अन्तरपछि पुनः बाक्लिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।
अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४६६ परकम्प गएको केन्द्रले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution