पथरी (मोरङ), ८ साउन –
लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यसवर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला आज बिहान बेतेनीको गाउँ तर्फ पसेको हो ।
खोला गाउँ पस्दा गाउँका ६१ घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताउनुभएको छ । सो स्थानबाट यसअघि पनि दुई पटक खोला गाउँमा पसेको थियो ।
यस्तैगरी मधुमल्ला– ४ र ५ मापर्ने धप्पर टोलमासमेत खोलाको कटानले बाढी पस्न लागेकाले त्यहाँका स्थानीय बासिन्दा त्रासमा रहेको बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका अध्यक्ष मित्र भण्डारीले बताउनुभयो ।
अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको तर उद्धारमा भने अविरल वर्षाका कारण समस्या भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले बताउनु भयो ।
गत असार ७ गते बक्राहा खोलामा आएको भीषण बाढीले मधुमल्ला– ५ को माथिल्लो कसेनी, मधुमल्ला– ४ को धप्पर टोल र मधुमल्ला– ५ को बेतेनीमा गरी तीन ठाउँबाट खोला गाउँ पस्दा ५० भन्दा बढी घरपरिवार विस्थापित हुनुका साथै २०० भन्दा बढी घर डुबानमा परेका थिए ।
साथै सो क्षेत्रमा ३०० बिघा भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution