काँग्रेस र माओवादी गठबन्धन मुलुकको हितमा छैन – पाण्डे

भक्तपुर, ८ साउन –

नेकपा (एमाले) का स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली काँग्रेस र नेकपा( माओवादी केन्द्र) गठबन्धनमा अब बन्ने सरकार १०० दिनको हनिमुनसम्मका लागि मात्रै भएको जिकिर गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल खेलकुद महासङ्घ भक्तपुरले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक एवम् संवैधानिक जटिलता र यसको निकास’ विषयको अन्तक्र्रियामा उहाँले काँग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धन मुलुकको हितमा नभएको विचार व्यक्त गर्नुभयो ।

अब बन्ने सरकारले आगामी २०७४ भित्र संसदीय चुनाव नगरी सरकार लम्ब्याउन षड्यन्त्र गर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुँदै एमालेले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपालको संविधानमा सरकार विघटन गर्ने व्यवस्था भए पनि नयाँ सरकार बनाउने व्यवस्था नभएको जिकिर गर्नुभयो । उहाँले नयाँ सरकार गठन गर्न संविधान संशोधन गरेर जान सके दीर्घकालीन समाधान हुने बताउँदै अन्यथा यो समस्या अर्को सरकार गठन हुँदा पनि आउने बताउनुभयो ।

खेलकुद महासङ्घ भक्तपुरका अध्यक्ष दिलीप केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, एमाले जिल्ला सचिव हरिशरण लामिछाने, राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् महासङ्घका कावा महासचिव राजेन्द्र श्रेष्ठ लगायतले देशमा आएको राजनीतिक सङ्कट हटाउन दलहरुबीच सहमति हुनैपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button