डा केसीको समर्थनमा पदयात्रा

काठमाडौँ, ८ साउन –

चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा आज यहाँ पदयात्रा गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सरकारलाई दबाब दिन नागरिकले स्वतस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकार लगायत हजारौँकोे सहभागिता थियो ।

dr kc

प्रा डा केसी चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी चिकित्सासम्बन्धी शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै विद्यार्थीलाई निःशुल्क गरिनुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी चिकित्सासम्बन्धी कलेज हुनुपर्ने, काठमाडौँं उपत्यकामा आगामी १० वर्षसम्म चिकित्सा, दन्त र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाको मनसायपत्र नवीकरण गर्न नहुने माग राखी अनशन बस्नुभएको हो ।

dr kc 1

यस वर्ष अधिकतम शुल्क र सिट शिक्षा मन्त्रालय, विश्वविद्यालय र मेडिकल काउन्सिलले निर्धारण गरे झैँ हुने व्यवस्था हुनुपर्ने, आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायसित समन्वय गर्नुपर्ने माग पनि उहाँको छ ।

dr kc 3

सरकारले प्रा डा केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । दुवै पक्ष तीन पटक वार्तामा बसे पनि सहमति हुन सकेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button