काठमाडौँ, ८ साउन –
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा आज बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आउनुभएको थियो ।
बैठकले व्यवस्थापिका–संसद्मा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
उक्त पार्टीबाट व्यवस्थापिका–संसद्मा १२ जना सांसदले प्रतिनिधित्व गर्नुभएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution