राष्ट्रिय केन्पोकाइ प्रतियोगिता सम्पन्न, कास्की प्रथम

पोखरा, ८ साउन –

पोखरामा जारी दुई दिने दोश्रो राष्ट्रिय केन्पोकाई प्रतियोगिता सम्पन्न भएको छ । सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले मार्शल आर्ट संग सम्वन्धित महासंघहरु एकिकृत हुनु पर्ने कुरामा जोड दिएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उपाध्यक्ष शेर्पाले सन २०२० जापानमा हुने ओलोम्पिकमा करातेलाई समावेश गरिएकोले नेपालको पदक सम्भावना रहेकोमा कराते संग सम्वन्ध रहेका महासंघहरु एकिकृत हुनु पर्ने कुरामा उनले जोड दिएका हुन । उनले भने –‘दक्षिण एशियामा कराते लगाएत अन्य मार्शल आर्टका खेलमा नेपालको राम्रो प्रभाव रहेको र पदकको समेत सम्भावना रहेकोले त्यसमा ध्यान पुरयाउन आवश्यक छ ।’ उनले रियो ओलोम्पिक पछि पदकका लागि सम्पुर्ण ध्यान टोकियो ओलोम्पिकमा रहने समेत बताए । उनले सो अवसरमा विजेता खेलाडीलाई मेडल, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

karate 2

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले खेलकुदको महत्व माथी प्रकाश पार्दै खेल विकासका लागि पुर्वाधार विकासमा जोड दिनु पर्ने बताए । नेपालले लामो समय देखि अन्तराष्ट्रिय खेलहरुमा पदक विहिन हुन पुगेको अवस्थालाई इगिंत गर्दै अध्यक्ष पौडेलले खेलकुदका सवै संस्था र खेलाडीहरुको कृयाशिलतालाई माथी उठाउनु पर्ने कुरामा जोड दिए ।

karate 3

सम्पन्न प्रतियोगितामा कास्की जिल्लाले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि काठमाडौले दोश्रो र नवलपरासीले तेश्रो स्थान हात पारेको छ । प्रतियोगितामा फ्रि वेटमा रुपक नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५५, ६० र खुल्ला तर्फ र महिला तर्फ ३५ केजी र खुल्ला तर्फ गरि करिव १ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल केन्पोकाई संघका केन्दिय अध्यक्ष दिलिप विक्रम शाहीको अध्यक्षतामा भएको थियो ।

के हो केन्पोकाई ?

जापानबाट सुरु भएको केन्पो काइ एक मार्शल आर्टका सवै खेलहरुको समिश्रण भएको खेल हो । केन्पोकाईको अन्तराष्ट्रिय खेलमा दुई पटक सहभागिता जनाएको छ । उक्त खेल नेपालका २४ जिल्लामा खेलिन्छ । करिव २ हजार खेलाडी संख्या रहेको केन्पोकाई कास्कीमा ११ वटा डोजोमा ३ सय खेलाडी रहेको यस्का प्रमुख प्रशिक्षक नाराज खडका(हरी) ले जानकारी दिए । नेपालमा यो खेल सुरु भएको ४ वर्ष भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button