राष्ट्रिय केन्पोकाइ प्रतियोगिता सम्पन्न, कास्की प्रथम

  • पोखरा न्यूज
  • २०७३ श्रावण ८
राष्ट्रिय केन्पोकाइ प्रतियोगिता सम्पन्न, कास्की प्रथम

पोखरा, ८ साउन –

पोखरामा जारी दुई दिने दोश्रो राष्ट्रिय केन्पोकाई प्रतियोगिता सम्पन्न भएको छ । सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले मार्शल आर्ट संग सम्वन्धित महासंघहरु एकिकृत हुनु पर्ने कुरामा जोड दिएका छन ।

उपाध्यक्ष शेर्पाले सन २०२० जापानमा हुने ओलोम्पिकमा करातेलाई समावेश गरिएकोले नेपालको पदक सम्भावना रहेकोमा कराते संग सम्वन्ध रहेका महासंघहरु एकिकृत हुनु पर्ने कुरामा उनले जोड दिएका हुन । उनले भने –‘दक्षिण एशियामा कराते लगाएत अन्य मार्शल आर्टका खेलमा नेपालको राम्रो प्रभाव रहेको र पदकको समेत सम्भावना रहेकोले त्यसमा ध्यान पुरयाउन आवश्यक छ ।’ उनले रियो ओलोम्पिक पछि पदकका लागि सम्पुर्ण ध्यान टोकियो ओलोम्पिकमा रहने समेत बताए । उनले सो अवसरमा विजेता खेलाडीलाई मेडल, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

karate 2

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले खेलकुदको महत्व माथी प्रकाश पार्दै खेल विकासका लागि पुर्वाधार विकासमा जोड दिनु पर्ने बताए । नेपालले लामो समय देखि अन्तराष्ट्रिय खेलहरुमा पदक विहिन हुन पुगेको अवस्थालाई इगिंत गर्दै अध्यक्ष पौडेलले खेलकुदका सवै संस्था र खेलाडीहरुको कृयाशिलतालाई माथी उठाउनु पर्ने कुरामा जोड दिए ।

karate 3

सम्पन्न प्रतियोगितामा कास्की जिल्लाले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि काठमाडौले दोश्रो र नवलपरासीले तेश्रो स्थान हात पारेको छ । प्रतियोगितामा फ्रि वेटमा रुपक नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५५, ६० र खुल्ला तर्फ र महिला तर्फ ३५ केजी र खुल्ला तर्फ गरि करिव १ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल केन्पोकाई संघका केन्दिय अध्यक्ष दिलिप विक्रम शाहीको अध्यक्षतामा भएको थियो ।

के हो केन्पोकाई ?

जापानबाट सुरु भएको केन्पो काइ एक मार्शल आर्टका सवै खेलहरुको समिश्रण भएको खेल हो । केन्पोकाईको अन्तराष्ट्रिय खेलमा दुई पटक सहभागिता जनाएको छ । उक्त खेल नेपालका २४ जिल्लामा खेलिन्छ । करिव २ हजार खेलाडी संख्या रहेको केन्पोकाई कास्कीमा ११ वटा डोजोमा ३ सय खेलाडी रहेको यस्का प्रमुख प्रशिक्षक नाराज खडका(हरी) ले जानकारी दिए । नेपालमा यो खेल सुरु भएको ४ वर्ष भएको बताइन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस