सरकार गठनका लागि सहमतिको खाँचो – उपप्रम मैनाली

काठमाडौँ, ८ साउन –

उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले सरकारले मुलुकमा राष्ट्रिय स्वाभिमानलाई कायम राख्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सरकार परिवर्तनको खेलमा लागेको बताउनुभएको छ ।

नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासङ्घको कार्यकर्ता भेलामा उहाँले सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)ले विदेशी प्रभावमा परेर सरकारबाट बाहिरिएपछि वर्तमान सरकार अल्पमतमा परेको भएपनि नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिको खाँचो रहेको औँल्याउनुभयो ।

उपप्रधानमन्त्री मैनालीले नेपाली काँग्रेसले लिएको निजीकरणको नीतिका कारण मुलुकका उद्योगधन्दा धरासायी भई राष्ट्रिय उद्योगधन्दा कमजोर भएको र त्यसले १० हजारभन्दा बढीलाई बेरोजगार बनाएको स्मरण गर्नुभयो ।

स्वदेशी पुँजी परिचालन गरी देशमा उद्योगधन्दा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले चीन र भारतसँग हामीले सन्तुलनमा रही आफ्नो फाइदा लिनुपर्ने विचार पनि व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button