गत आवमा बिदेसिने ९४ हजार १७४ घटे

काठमाडौँ, ८ साउन –

गत आर्थिक वर्ष २०७२-७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा घटेको छ । यो वर्ष अघिल्लो आवभन्दा ९४ हजार १७४ कम नेपाली बिदेसिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

वैदेशिक रोजगार विभागका अनुसार आव २०७१÷७२मा पाँच लाख १२ हजार ८८७ जना वैदेशिक रोजगारीमा गएकामा गत आवमा सो सङ्ख्या घटेर चार लाख १८ हजार ७१३ पुगेको छ । यो अघिल्लो वर्षभन्दा १८ प्रतिशतले कम हो ।

गत आव २०७२-७३मा सबैभन्दा बढी साउदी अरबमा नेपाली रोजगारीमा गएका छन् जसअनुसार साउदी अरबमा एक लाख ३८ हजार ५२९, कतारमा एक लाख २९ हजार ३८, मलेसियामा ६० हजार ९७९, संयुक्त अरब इमिरेट्स ९दुबई० ५२ हजार ७९३ र दक्षिण कोरियामा सात हजार ४३२ जना वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये पुरुष तीन लाख ९९ हजार ४०६ र महिला १९ हजार ३०७ जना रहेका छन् ।

त्यसअघिको आव २०७१-७२मा मलेसियामा दुई लाख दुई हजार ८२८, कतारमा एक लाख २४ हजार ३६८, साउदी अरब ९८ हजार २४६, दुबई ५३ हजार ६९९ र कुबेतमा नौ हजार ६६८ जना वैदेशिक रोजगारीमा गएका थिए । तीमध्ये पुरुष चार लाख ९० हजार ८५९ र महिला २२ हजार २८ जना छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले भूकम्पपछि पुनःनिर्माणका लागि स्वदेशमै अवसर हुनु, नाकाबन्दी, मलेसियाको आकर्षण घट्नु, निःशुल्क टिकट र प्रवेशाज्ञापछि व्यवसायीको आन्दोलनलगायतका कारण बिदेशिने नेपाली घटेको टिप्पणी गर्नुभयो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष कुमुद खनालले बिनातयारी निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गरिएका कारण बिदेसिने कामदार घटेको जिकिर गर्नुभयो । अघिल्ला वर्षहरुमा कामदारको पहिलो रोजाइ बन्ने गरेको मलेसिया गएको वर्ष तेस्रो रोजाइमा झरयो ।

मलेसियाको सम्बन्धमा बायोमेट्रिक प्रणाली, भिएलएन, माइग्रामजस्ता नाममा कामदारबाट बढी रकम असुलिएका कारण कामदार घटेको उपाध्यक्ष खनालले बताउनुभयो ।

बङ्गलादेशी नागरिकहरुले नेपालीको नाममा सामाजिक सञ्जालमार्फत मलेसियाको सम्बन्धमा नकारात्मक प्रचार गरेका कारण पनि त्यहाँ जाने नेपाली घटेको बताउनुभयो ।

२०७२ वैशाख १२ को भूकम्प, सोही वर्ष असार २१ गतेदेखि सरकारले लागू गरेको निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाजस्ता कारण बिदेसिने नेपालीको सङ्ख्या घटेपछि यसले नेपालमा भित्रिने विप्रेषण घट्ने र अर्थतन्त्र कमजोर बन्ने अनुमान गरिएकोे छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button