मुलुकलाई समृद्ध बनाउन नागरिक सम्पन्न हुनु जरुरी – नेता खाँड

ललितपुर, ८ साउन –

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले मुलुकलाई समृद्ध बनाउन हरेक नागरिक सम्पन्न हुनु जरुरी रहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेसनल कोअपरेर्टस एलाइन्स नेपाल जिल्ला समिति ललितपुरको प्रथम अधिवेशनको आज यहाँ उद्घाट्न गर्दै उहाँले सहकारीमार्फत हरेक जनतालाई आर्थिक समृद्ध बनाउन सके देशको विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक विकास र निर्माण कार्यमा सहकारी क्षेत्रको अह्म भूमिका हुनुपर्ने समेत प्रस्ट पार्नुभयो ।

सांसद मदनबहादुर अमात्यले सहकारीको मूल मर्मअनुरुप नै सहकारीकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक आचरण र संस्कार भएका व्यक्तिले मात्र संस्थालाई अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

सांसद उदयशम्शेर राणाले सहकारीको माध्यमले आर्थिक र सामाजिकरुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । आफ्नो सांसद विकास क्षेत्र कोषको २५ प्रतिशत रकम महिला नेतृत्व विकासका लागि हरेक वर्ष छुट्याइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

काँग्रेस निकट मानिएको एलाइन्सले देशको २५ जिल्लामा समिति गठन भइसकेको जिल्ला अध्यक्ष राजेन्द्र पौड्यालले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button