काठमाण्डौ,८ साउन-
सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि सरकारबाट बाहिरिने भएको छ ।
उक्त पार्टीको आज बसेको संसदीय दल र राजनीतिक कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
फोरम लोकतान्त्रिकबाट अध्यक्ष गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सरकारमा सहभागी छन् । सो पार्टीबाट १४ जना सांसद व्यवस्थापिक–संसदमा रहेका छन् ।
यसघि शनिवार नै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो सो पार्टीबाट ।व्यवस्थापिका–संसदमा राप्रपा का १२ जना सांसदले प्रतिनिधित्व गरेका छन् । राप्रपाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लिने जनाएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित अन्य दुइ मन्त्रीको राजीनामा पत्र भोलि प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution