छाडा पशुबाट नगरवासीपीडित

नेपालगन्ज, ९ साउन –

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा छाडा चौपाया बढ्ने क्रम रोक्नेतर्फ नगरपालिका कार्यालयले खासै चासो नराख्ने गरेको पाइएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नगर क्षेत्रमा खच्चड, गधा, गाई, साँढे, सुँगुर, कुकुर दिनानुदिन बढ्ने क्रम जारी रहे पनि त्यसको नियन्त्रणको प्रयास नगरपालिकाका पदाधिकारीले नगरेपछि नगरवासीको सुरक्षा चुनौती बढ्दै गएको छ ।

यस सम्बन्धमा नगरपालिकाका पदाधिकारीसँग जिज्ञासा राख्दा कुनै ठोस र तार्किक जवाफ दिएको पाइँदैन । “हामीले पशु धनीहरुलाई चौपाया छाडा नछाड्न आग्रह गरेका छौँ” – नगरका कार्यकारी प्रमुख हेमराज भुसालको छोटो जवाफ हुने गरेको छ । नगरका प्रायः सबै टोल, मुख्य बजारमा बग्रेल्ती छाडा चौपायाका कारण पैदल यात्रु मात्र नभई सवारी साधनसमेत दुर्घटनाको जोखिम मोल्न बाध्य भएका छन् ।

छाडा चौपायाकै कारण नगरको सुर्खेतरोडस्थित धम्बोझी चोक, पुष्पलाल चोक, बिपी चोक, चारबाहिनी, भेरी अञ्चल अस्पतालरोड, त्रिवेणी मोड, न्युरोड, बसपार्क क्षेत्र बढी जोखिममा पर्दै गएको छ ।

नगरपालिकाले छाडा चौपायालाई व्यवस्थित गर्न नसक्दा यहाँ ट्राफिक नियन्त्रणसमेत प्रभावित भएको छ । “ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रण गर्नुको सटटा पशु धपाउँदै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ” – जिल्ला प्रहरी कार्यालयका टेकप्रसाद राईको गुनासो छ ।

नगर प्रमुख भुसालले आजको एक हप्तासम्म सम्बन्धित पशु मालिकहरुलाई आफ्ना पशु व्यवस्थित गर्न आग्रह गरिएको, त्यसो नगरिए पशु चौपायालाई जङ्गलतिर लगेर छाडिने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button