चितवन, ९ साउन –
चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत अवस्थामा भेटिएको छ । निकुञ्जको सौराहाबाट कसरा जाने बाटोको १ नम्बर र २ नम्बर पुलको बीचको घोलमा शनिबार बाघ मृत अवस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार गन्ध आइसकेको अवस्थामा वयस्क बाघ भेटिएको हो । बाघलाई बेलुका निकुञ्जको मुख्य कार्यालय कसरामा परीक्षण गरेर गाडिएको उहाँले बताउनुभयो ।
बूढो भएकै कारण बाघ मरेको कँडेलले बताउनुभयो । बाघको सबै अङ्ग सुरक्षित रहेको थियो । बाघको आयु २० वर्षको हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तथ्याङ्कअनुसार १२० वटा वयस्क बाघ रहेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution