लहान, ९ साउन –
सिरहा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी कोचाकोच गरी राखिएपछि समस्या थपिएको छ ।
क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीलाई बस्न, सुत्न र शौचालयको समस्या थपिएको हो ।
विसं २०२८ मा बनेको यस कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता भए पनि अहिले ३५६ जना कैदीबन्दी कोचाकोच गरी राखिएका छन् । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाए पनि फरार भएकाहरुलाई पक्राउ गर्न प्रहरी खटिएपछि सङ्ख्या अझै बढ्दै गएको छ ।
हाल कारागारमा २१ महिलासहित ३५६ जना कैदीबन्दी रहेका छन्, कारागार प्रमुख शङ्करलाल कर्णले भन्नुभयो – “कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनुपर्ने भएकाले व्यवस्थापनमा समस्या भएको छ ।” कैदीबन्दी खचाखच भरिएकाले वर्षा र चर्को गर्मीका बेला कैदीबन्दीलाई सुत्न बस्न कठिनाइ हुने गरेको छ ।
पूर्वाधार र क्षमतामा सुधार नगरी कारागारमा कैदीबन्दी थपिने क्रम जारी रहेकाले कैदीबन्दीलाई पालोपालो सुत्नुपर्ने बाध्यता रहेको कारागारका कैदीबन्दीका मुख्य नाइके श्रीदेव कापरले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution