पोखरा, ९ साउन –
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले परिषदले आफ्नो सम्पुर्ण ध्यान १३ औ दक्षिण एशियाली खेलकुदको तयारीका लागि सुरु गरेको बताएका छन । नेपाल खेलकुद पत्रकार मंच कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नेपाल ओलोम्पिक कमिटीका समेत महासचिव रहेका टेन्डीले १३ औं साग राजधानी केन्द्रित नहुने समेत बताए ।
पत्रकारहरुको जिज्ञासमा उनले सवै खेलहरु प्रादेशिक राजधानी केन्द्रित रहने र जहाँ जुन खेलको सम्भावना छ त्यहाँ नै उक्त खेल आयोजना गर्न आफुले सुझाव समेत दिइसकेको बताए । उनले राजधानी पछि पोखरा खेलकुदलाई अत्यन्तै माया गर्ने शहर को रुपमा पाएको बताउँदै १३ औ सागमा पोखरामा महिला फुटबल, ह्याण्डबल, आर्चरी र मार्शल आर्टका सात खेलहरु समेत आयोजना गर्न परिषदले तयारी थालेको समेत बताए । उनले पोखरा दक्षिण एशियामै ट्रायथोलनका लागि उपयुक्त स्थान रहेको कुरामा समेत बताए । नेपाल सरकारले खेलकुदका लागि छुट्टाएको २ अर्व ७६ करोड बजेटलाई पुर्वाधार विकासको काममा खर्चिने जानकारी गराए । उनले एक फरक प्रशंगमा नेपाली क्रिकेटको विवाद समाधानका लागि आइसिसी संग मौखिक छलफल समेत अगाडी बढिसकेको जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकको सभापतित्वमा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, मंचका उपाध्यक्ष दिननाथ बराल, सहसचिव अर्जुन गिरी लगाएतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution