एमालेले संविधान कार्यान्वयनका लागि रचनात्मक भूमिका खेल्ने

फलेवास (पर्वत), ९ साउन –

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य वेदुराम भुसालले अब बन्ने नयाँ सरकार गठनमा राष्ट्रपतिले हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ।

प्रेस चौतारी नेपाल पर्वत शाखाले आज सदरमुकाम कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भुसालले बहुमतको आधारमा निर्माण हुने सरकारमा राष्ट्रपतिले हस्तक्षेप गर्ने अधिकार छैन भन्नुभयो ।

उहाँले प्रतिपक्षमै रहेर पनि एमालेले संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका खेल्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button