‘नयाँ सरकारको प्रस्ट व्यवस्था छ, गलत प्रचार नगरौँ’

काठमाडौँ, ९ साउन –

व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छैन भनी दर्ता भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधानसभाबाट जारी भएको संविधानको गलत व्याख्या नगर्न आग्रह गर्नुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँहरुले नेपालको संविधानको धारा २९८ ले नयाँ प्रधानमन्त्री चयनसम्बन्धी प्रस्ट व्यवस्था गरेकाले अनन्तकालसम्म कार्यकारी प्रमुख नै चयन हुन सक्दैन भन्ने दृष्टिकोणबाट सरकारमा रहेको दलका तर्फबाट प्रचार हुनु दुःखद् रहेको बताउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का जितेन्द्रनारायण देवले नयाँ सरकार बन्नै सक्दैन भन्ने अतिवादी सोचबाट ग्रस्त भएर संविधानको अपव्याख्या नगर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीले वर्तमान प्रधानमन्त्रीविरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै शनिबार नै सरकारबाट फिर्ता भएको उल्लेख गर्नुभयो ।

राप्रपाका विक्रम पाण्डेले संविधानअनुसार नै नयाँ सरकार गठन हुने मार्गप्रशस्त रहेको छ भन्दै आफ्नो पार्टीले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताउनुभयो ।

सांसद कलसादेवी महराले लोकप्रियताको शिखरमा पुगेको सरकारलाई जबर्जस्ती ढाल्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद हरिचरण साह, रामकुमार राई, कुमार खड्का, रुक्मिणी चौधरी, चन्द्रेश्वर झा र नगेन्द्र कुमालले आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको भावनाविरुद्ध ओली सरकारले गतिविधि गरेको भन्दै आफूहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button