बग्दादमा आत्मघाती आक्रमण दशको मृत्यु

बग्दाद, ९ साउन –

इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको समाचार भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा आठ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य २० व्यक्ति घाइते भएका छन् ।

चिकित्सक समूदायले यस हताहतीको पुष्टि गरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले दाबी गरेका छैनन ।

तर यस अघि सरकारी र सुरक्षा अधिकारीलगायत सर्वसाधारण जनतालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले यस आक्रमण गराएको हुनु पर्ने सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button