बग्दाद, ९ साउन –
इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको समाचार भएको छ ।
सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा आठ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य २० व्यक्ति घाइते भएका छन् ।
चिकित्सक समूदायले यस हताहतीको पुष्टि गरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले दाबी गरेका छैनन ।
तर यस अघि सरकारी र सुरक्षा अधिकारीलगायत सर्वसाधारण जनतालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले यस आक्रमण गराएको हुनु पर्ने सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution