बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिमा सिफारिस – सरकार गठनको बाटो खुल्यो

काठमाडौँ, ९ साउन –

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भएको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानमा एकपटक सरकार गठन भइसकेपछि पुनः अर्को सरकार गठनसम्बन्धी व्यवस्था नभएकाले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको उपप्रधानमन्त्री सिपी मैनालीले जानकारी दिनुभयो ।

नेपालको संविधानमा नयाँ सरकार गठनको व्यवस्था स्पष्ट नभएको भनी विभिन्न कोणबाट टीकाटिप्पणी भइरहका सन्दर्भमा सरकारबाट त्यस्तो निर्णय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमाथिको जारी छलफलमा सत्ता पक्षका सांसदले संविधान संशोधन नगरी नयाँ सरकार गठनको परिकल्पना गर्न नसकिने अभिमत प्रस्तुुत गर्नुभएको थियो ।

अविश्वास प्रस्तावका प्रस्तुतकर्ता दलका नेताहरुले भने प्रचलित परम्परा, संसदीय अभ्यास र संविधानको मर्मबमोजिम नयाँ सरकार गठन गर्न संविधानको अहिलेको व्यवस्था पर्याप्त रहेको जिकीर गर्नुभएको थियो ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित वर्तमान मन्त्रिपरिषद्प्रति विश्वास छैन भनी गत शुक्रबार टेबल भएको अविश्वासको प्रस्तावमा छलफल सुरु भएपछि बाधा अड्काउ फुकाउ आदेशका निम्ति उक्त सिफारिस गरेको हो।

नेपालको संविधानको धारा ३०५ अनुसार ‘यो संविधानबमोजिम सङ्घीय संसद्को निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्ने’ तथा त्यस्तो आदेश जारी भएपछि तत्काल बसेको व्यवस्थापिका–संसद् वा सङ्घीय संसद्समक्ष अनुमोदनका लागि पेस गर्नुपर्नेछ।

राष्ट्रपतिबाट सरकारको सिफारिस अनुमोदन भएपछि नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button