पोखरा , ९ साउन –
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए ।
नेपालको संविधानको धारा ३०५ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नयाँ सरकार गठनको लागी सहज होस भनि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको बताउदै ओलीले राष्ट्रपति समक्ष राजिनामा बुझाएर आफु संसदमा उपस्थित भएको जानकारी सदन समक्ष दिए ।
संसदमा राजिनामा घोषणा गर्दै ओलीले मन्त्रिपरिषद्का सदस्य, सहयात्री दल, सुरक्षानिकाय, कर्मचारी, संचारकर्मी आदिलाइ धन्यवाद ज्ञापन गर्दै नेपाली जनताको सहयोग र समर्थनको लागि आभार प्रकट गरेका छन् ।
१५ मिनेटका लागि स्थगन भएको व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । सभामुखले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा को सम्बन्धमा राष्ट्रपति ले पठाएको पत्र पढेर सुनाएकी छन् । प्रधानमन्त्रीले राजिनामा नै दिइसकेकोले अविश्वासको प्रस्तावमा मतदान हुने अवस्था रहेन । व्यवस्थापिका संसदबाट अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने छ ।
ओली गत असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपा , मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सहित अन्य साना पार्टीको समर्थनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गर्दै ३ सय ३८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
व्यवस्थापिका संसदको अर्को बैठक आगामी मंगलबार बस्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution