लायन्स क्लव अफ पोखरा सेती गण्डकीको पदस्थापना

पोखरा, ९ साउन –

लायन्स क्लव अफ पोखरा सेती गण्डकीको शनिबार एक समारोहका बिच पोखरामा १३ औं पदस्थापना सम्पन्न भएको छ । सुनयना पालिखेको अध्यक्षतामा सन् २०१६-०१७ को एक बर्षीय कार्यकालको लागि हालै चयन भएको सेती गण्डकीको पदाधिकारीलाई लायन्स डिष्ट्रिक ३२५ बी वान नेपालका डिष्ट्रिक गर्भरन लायन बालकृष्ण बुर्लाकोटीले पदस्थापना गराएका हुन ।

अध्यक्ष पालिखेले आफ्नो एक बर्षीय कार्यकालमा अघिल्ला बर्ष देखि निरन्तर हुदै आएका सामाजिक कार्यलाई निरन्तरता दिदै महिला सहभागिता बढाउन दुई वटा नयाँ क्लव स्थापना गर्ने लगायतका कार्यक्रम आयोजना गर्ने उद्घोष गरेकी छन । एक बर्षे कार्यकालको लागि चाटर प्रेसिडेण्टमा प्रमिला श्रेष्ठ, फष्ट भिपीमा अरुना शेरचन, सेकेण्ड भिपिमा दुर्गा शर्मा, थर्ड भिपिमा उमा पोखरेल, सचिवमा मिना गुरुङ, कोषाध्यक्षमा अम्बिका पराजुली, सहसचिवमा सुभद्र श्रेष्ठ, सहकोषाध्यक्षमा मोतिमाया बराल लगायतका रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गर्भरन बुर्लाकोटीले अन्य लायनहरु भन्दा लायन्स क्लव अफ पोखरा सेती गण्डकी बढी सकृय भएको बताउदै यसलाई निरन्तर रुपमा लाग्न आग्रह गरे । सन २०१५-०१६ का अध्यक्ष मिलन थापाले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने प्रति आभार व्यक्त गर्दै मायाको चिनो वितरण गरीन ।

कार्यक्रममा पिएमसिसि लायन प्रेम बहादुर श्रेष्ठ, पुर्व गर्भरनर लायन धुर्व बहादुर थापा, पोखरा उद्योग बाणिज्य संघका सदस्य विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले महिला र पुरुष सफल हुनुमा घर परिवारबाटै सहयोग हुनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button