काठमाडौँ, ९ साउन –
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)ले शैक्षिक क्षेत्रमा तोडफोड र आगजनी गरेर भौतिक क्षति एवम् मानसिक भय नफैलाउन आग्रह गरेको छ ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विज्ञप्ति निकाल्दै ललितपुरको आइडियल उच्चमाध्यामिक विद्यालयको बसमा आगजनीप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनकारीले बन्द हडतालका कार्यक्रम बन्द गरी शैक्षिक मागलाई वार्ता र संवादबाट समाधान गर्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा विद्यालयमा आगजनीजस्ता सन्त्रासयुक्त वातावरणबाट मुक्त गराउन सरकारसँग माग गर्दै निजी क्षेत्रले शिक्षामा खेलेको भूमिका अझै व्यवस्थित र मर्यादित बनाउन आग्रह गरिएको छ । गत बिहीबार एक समूहले आइडियल स्कुलको बसमाथि आजगनी गरेका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution