फोनबाट धम्की दिँदै रकम असुल्ने पक्राउ

  • पोखरा न्यूज
  • २०७३ श्रावण ९
Post Thumbnail

पर्सा, ९ साउन –

वीरगन्जका उद्योगपति तथा व्यापारीलाई फोनबाट धम्की दिँदै रकम माग गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

फोनबाट धम्की दिँदै रु २० लाख माग गरेको अभियोगमा प्रहरीले पर्साको हरिहरपुर गाविस–३ निवासी सुरेश रामलाई प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल नं ९८२११४३३१५ बाट वीरगन्जका व्यपारीलाई धम्की दिई रकम मागेका उनलाई फोन ट्र्याकिङ गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवन्द्र बोगटीले जानकारी दिनुभयो ।

रामलाई अपरहण मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धानलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस