बन्दबाट पोखराको जनजीवन प्रभावित, दुई कार्यकर्ता पक्राउ

पोखरा, १० साउन –

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज कास्कीको जनजीवन प्रभावित भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सुकुम्वासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण बिहानैदेखि पोखरामा सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन भने शिक्षण संस्थाको पठनपाठन पनि ठप्प भएको छ ।

बन्दका कारण जरुरी काम भएर विभिन्न ठाउँ पुग्नुपर्ने यात्रु हिँड्न बाध्य छन् भने बजार क्षेत्र सुनसान बनेको छ ।

बन्दकर्ता दुई जना कार्यकर्ता प्रकाश वास्तोला र अशोक भण्डारीलाई पोखराको नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button