कास्कीमा यातायात दुर्घटनामा कमि , राजश्व संकलन समेत घटयो

  • पोखरा न्यूज
  • २०७३ श्रावण १०
कास्कीमा यातायात दुर्घटनामा कमि , राजश्व संकलन समेत घटयो

पोखरा, १० साउन –

कास्कीको यातायात दुर्घटनामा कमि संगै राजश्व संकलन समेत घटेको तथ्यांकले देखाएको छ । कास्कीमा गत वर्षहरु भन्दा सवारी साधन र जनघनत्व बढे पनि २०७२-०७३ कास्कीमा कुल ६४ वटा दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । यो दुर्घटना ०७०-०७१ र ०७१÷-७२ को तुलनामा कमि हो । यि वर्षहरुमा कास्कीमा ८७-८७ वटा दुर्घटना भएका थिए । यस वर्ष मोटर साइकल बाट २०, निजी कार, भ्यान बाट ६ र बस तथा ट्रक बाट ९ जनाको ज्यान गएको छ ।

गत वर्ष कास्की ट्राफिकले ४९ हजार ७ सय सवारीलाई कार्वाही गरेको र राजश्व संकलन २ करोड ५ लाख ४१ हजार ४ सय भएको कास्की ट्राफिकका प्रहरी नायव निरिक्षक शिव थापाले जानकारी दिए । तर यो राजश्व संकलन गत वर्ष भन्दा घटेको हो । आार्थिक वर्ष २०७१-०७२ मा कास्की ट्राफिकले २ करोड १८ लाख राजश्व संकलन गरेको थियो जसमा ६८ हजार १ सय सवारी साधन विभिन्न कार्वाहीमा परेका थिए ।

shiva thapa

कास्की ट्राफिकको तथ्यांक अनुसार मादक प्रर्दाथ सेवन (मापासे) कार्वाहीको संख्यामा पनि तुलनात्मक रुपमा कमि आएको छ । गत वर्ष कास्कीमा १ हजार ३ सय ७८ जना मापासे कार्वाहीमा परेका छन । आ.व. ०७१-०७२ तुलनामा ५ सय ९९ जनाले कमि हो । मापासे कार्वाही बाट मात्रै १ करोड ३७ लाख ८ हजार राजश्व संकलन भएको तथ्यांकले देखाएको छ । यो गत वर्ष भन्दा ५ लाख ९९ हजारले कमि हो ।

ट्राफिकका प्रहरी नायव निरिक्षक थापाले कास्कीमा सवारी साधनको चाप बढे सङ्गै ट्राफिक प्रहरीलाई समेत चुनौती थपिएको बताए । हाल कास्की ट्राफिकमा ५९ जनाको दरबन्दि रहे पनि यहाँ १ सय २५ ट्राफिक प्रहरी आवश्यक्ता रहेको उनले जानकारी दिए । ‘हामीले माग गरेका छौ सायद अव छिट्टै दरबन्दी पुरा हुन्छ होला’ उनले भने । सवारी साधन वढे संगै पोखराका प्रमुख चोकहरुमा सहायक निरिक्षक सहितको स्थायी टोली खटिनु पर्ने र सो अनुसारको माग स्थानिय को समेत रहेको उनले बताए ।

कास्कीको उपत्यका मध्ये पोखराको न्यूरोड अत्याधिक दुर्घटना हुने स्थलका रुपमा दर्ज भएको थापाले जानकारी दिए । त्यसका अलवा नयाँवजार, इएरपोर्ट, नयाँबजार, प्रस्याङ्ग, जरेबर, बुँलौदी, बुद्धचोक समेत दुर्घटनाहुने स्थानका रुपमा परिचित छन । कास्कीमा राजमार्गहरु मध्ये शैनिक बस्ती, हेमजा र चाउथे प्रमुख दुर्घटना हुने स्थानमा रहेको ट्राफिकको तथ्यांकमा छ । खास गरि साँझ ६ बजे देखि राती १२ बजे सम्म अत्याधिक दुर्घटना उच्च रहेको तथ्याकंमा उल्लेख छ । उक्त समयमा मात्रै यो वर्ष साना ठूला गरि ८७ वटा सवारी घटना भएका थिए । त्यसका अलवा दिउसो १२ देखि ६ बजेको समयमा ६४ वटा घटना रेकर्ड गरिएको छ ।

accidents in pokhara

कास्कीमा ट्राफिक दुर्घटना न्यून हुनुमा ट्राफिक व्यवस्थापनमा उच्च रहनुका साथै जनचेतनाका कार्यक्रमहरुलाई व्यापकता दिएकोले भएको प्रहरी नायव निरिक्षक थापाको दावी छ । ‘सके सम्म सवारी दुर्घटना कमि संगै त्यस बाट हुने मृत्युको जोखिमलाई कम गर्नु हाम्रो प्राथमिकता हो’ उनले भने । कास्की ट्राफिकले यसका लागि शिक्षक, विद्यार्थी, समुदाय, संघ संस्था, आमा समुह, चालक परिचालक, यातायात व्यवसायी र सर्वसाधारणहरुका विच विभिन्न प्रशिक्षण, जनचेतना र अन्तक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस