ट्रायथोलनको संघ गठन

पोखरा, १० साउन –

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले नेपाल ट्रायथोलन संघ गठन गरेको छ । पोखरामा सम्पन्न एक भेलाले सुन्दर भुषालको अध्यक्षतामा ट्रायथोलनको नौ सदस्यिय केन्द्रिय संघ गठन गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संघको उपाध्यक्षमा रेखा थपलिया, महासचिवमा विष्णु गौतम, कोषाध्यक्षमा प्रज्ञावती राई र सदस्यहरुमा श्रीकुष्ण पराजुली, निर्मल पहारी, अन्जु क्षेत्री र देशभक्त केसी रहनु भएको छ । यस अघि भेलालाई सम्वोधन गर्दै नेपाल ओलोम्पिक कमिटीका महासचिव तथा नेपाल खेलकुद महासंघका समेत महासचिव रहेका लामा टेन्डी शेर्पाले पोखरा दक्षिण एशियामा नै ट्रायथोलन खेलका लागि प्रचुर सम्भावना रहेको त्रताए । उनले भने–‘पोखरा पर्यटकिय कुराले मात्र नभई ट्रायथोलन लगाएत अन्य शाहसिक खेलका लागि समेत उपयुक्त स्थल हो ।’ उनले पोखरा ट्रायथोलन खेल विकासका लागि प्राकृतिक रुपमा नै उपयुक्त स्थल रहेकोले यसको विकासमा विशेष ध्यान दिने समेत बताए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य खगराज पौडेलले संघले छिट्टै नै पोखरामा ट्रायथोलन प्रतियोगिता गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button