काठमाडौँ, १० साउन –
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तर समूहबीच एकीकरण हुने भएको छ ।
राप्रपा नेपाल समानान्तरले आज पे्रस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच भोलि पार्टी एकता हुने जनाएको छ । राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले भन्नुभयो, “एकीकरणसम्बन्धी सबै आन्तरिक सहमति निश्चित भइसकेको छ, यही उपलब्धि घोषणा सभामार्फत सार्वजनिक गरिने सहमति भएको छ ।”
नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्ग ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको आम माग भएअनुरुप दुई समान पृष्ठभूमि भएका दलको एकता हुन लागेको बताइएको छ ।
“राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकाले शक्ति सञ्चयमा हामी जुटेका हौँ”–राप्रपा नेपाल समानान्तरका वार्ता समिति संयोजक श्याम तिमल्सिनाले भन्नुभयो ।
विसं २०४६ को राजनीतिक परिवर्तनसँगै वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न समयकालमा विभाजित भएका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution