सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिबाट आह्वान

  • पोखरा न्यूज
  • २०७३ श्रावण १०
Post Thumbnail

काठमाडौँ, १० साउन –

राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आज आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सो आह्वान गर्नुभएको हो ।

“राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ”– राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि राष्ट्रपतिले आज प्रमुख दलका शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस