भदौ पहिलो साता तेश्रो विद्यालयस्तरीय बास्केटवल प्रतियोगिता हुने

पोखरा, १० साउन –

आगामी भदौंको पहिलो साता देखि पोखरामा तेश्रो विद्यालयस्तरीय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता २०७३ हुने भएको छ । पोखरा १० इन्द्रमार्गस्थित कोल्मा बहाकोट तमु समाज पोखराको आयोजनामा भाद्र १ गतेदेखि ४ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सोमवार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

विद्यालयस्तरबाटै खेलकुदको विकास, राष्ट्रिय खेलाडी उत्पादन गर्न र पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्न समाजस्थित अन्र्तराष्ट्रियस्तरको इन्डोर बास्केटवल कोर्टमा बास्केटल प्रतियोगिता आयोजना गर्न लागिएको कोल्मा बहाकोट तमु समाजका सचिव तथा प्रतियोगिता संयोजक सुवेदार भोजबहादुर तमुले बताए । लिग कम नक आउटको आधार खेलाईने प्रतियोगिताका विजेता (छात्र, छात्रा) दुवै टिम १० हजार, ट्रफी, मेडल र प्रमाणबाट प्रदान गरीने भएको छ । यसरी नै द्धितियले ५ हजार,ट्रफी, मेडल र प्रमाण, तृतियले ३ हजार ट्रफी, मेडल र प्रमाण पुरस्कार प्रदान गरीने भएको हो । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक स्कोररलाई विशेष पुरस्कारको व्यवस्था गरिएको संयोजक सुवेदार भोजबहादुर तमुले बताउनुभयो ।

१० जना खेलाडी, प्रशिक्षक र टिम मेनेजरसहितको १२ जनाको टिम रहने प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता शुल्क छात्रका लागि ३ हजार र छात्राका लागि २ हजार व्यवस्था गरिएको छ भने एकै विद्यालयबाट छात्र छात्रा दुवै टिम सहभागी हुनेका लागि ४ हजार ५ सय रुपैया अथवा ५ सय रुपैया छुट रहेको बताइएको छ ।

दोश्रो संस्करणको प्रतियोगितामा १४ टिमको सहभागीता रहेकोमा यसवर्ष १४ भन्दा बढी टिम सहभागीता हुने अनुमान आयोजकको छ । प्रतियोगिताका लागि १ लाख ७० हजार आम्दानी र १ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको समाजका अध्यक्ष क्याप्टेन बीरबहादुर तमुले जनाए । प्रतियोगिताबाट बचत रकम समाजको खेलकुद उपसमिति मार्फत खेलकुद विकासकै लागि लगानी गरिने अध्यक्ष क्या. तमुले बताए ।

प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नका लागि समाजका सचिव सुवेदार भोजबहादुर तमु मुख्य संयोजक, आर्थिक संयोजकमा सिनियर मेजर यमराज तमु, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापनमा सु.भोजबहादुर तमु, समारोह, अतिथि सत्कार संयोजकमा सुमे विष्णप्रसाद तमु, शान्ति सुरक्षा संयोजकमा तेजबहादुर तमु, अफिसियल तथा रेफ्री, खाना,, खाजा व्यवस्थापन संयोजकमा पुर्णबहादुर तमु, प्रचारप्रसार संयोजक सुवेदार प्रिथा तमु, स्वंयसेवक परिचालन संयोजकमा विजय तमु, प्राथमिक उपचार संयोजकमा क्या.गगन तमु र निर्णायक तथा प्राविधीक संयोजकमा समाजका अध्यक्ष क्या.बीरबहादुर तमु रहनु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

स्वस्थ्य, अनुसाशित नागरिक निर्माण र खेल प्रतिभा प्रष्फुटन गराउदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ २०६५ सालदेखि विभिन्न इभेण्ट बास्केटवल प्रतियोगिता शुरु गरेको समाजले गत तीनवर्ष अघि देखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थी केन्द्रीत प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष क्या.बीरबहादुर तमुले बताए । सैनिक सेवामा रहदाको आफुहरुले प्राप्त गरेको खेलकुदको अनुभवहरु युवा पुस्तालाई हस्तान्तरण गर्न र खेलकुदको विकासका लागि समाजको तर्फबाट पहल गरिरहेकाले सबैको साथ सहयोगका लागि अध्यक्ष क्या. तमुले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button