नेकपा माओवादीका दुई कार्यकर्ता विरुद्ध मुद्दा

रत्ननगर (चितवन), ११ साउन –

चितवनको रत्ननगरमा सोमबार बिहान ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ता विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

तीनजना पक्राउ परेकामध्ये दुईजना विरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उहाँले बताउनुभयो ।

यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ रहेका छन् । उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो ।

यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ । सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button