|प्रतीकात्मक तस्बिर
रत्ननगर (चितवन), ११ साउन –
चितवनको रत्ननगरमा सोमबार बिहान ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ता विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।
तीनजना पक्राउ परेकामध्ये दुईजना विरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उहाँले बताउनुभयो ।
यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ रहेका छन् । उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो ।
यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ । सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution