पोखरा , ११ साउन–
पोखराको सेती नदीमा पानीको सतह बढेपछि नदि किनारका बस्तीहरु जोखिममा परेका छन् । हिजो देखि परेको भारी वर्षाले नदिको सतह बढेर पोखरा–१० रामघाटको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।
पोखराको रामघाटमा नदीको पानी थुनिएर ठुलो ताल बनेको छ भने वाढीका कारण सेती किनारका १५ घर डुबानमा परेका छन् । वाढीकै कारण कसेरीका दुई दर्जन बढी घर बिस्थापित भएका छन । सुकुम्बासी बस्ती सँगै तमु प्ये ल्हु संघको शक्तीघाट स्थित चिताघाट समेत डुबानमा परेको छ । कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा घर र क्लिनिक बगाएको छ ।
सेतीमा बाढी पछि डुबान भएको रामघाट तर्फको भाग
सुकुम्बासी बस्तीमा सोमबार राति बाढी पसेपछि त्यहाँका बासिन्दालाई रातिनै सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले पोखरान्युजडटकम लाइ बताउनुभयो ।
सेतीमा पानी थुनिएपछी बनेको ताल
कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाएको छ भने दर्जनौ घर डुबानमा परेका छन् । सोमबार साँझ हेम्जामा बस्दै आएकी म्याग्दीकी ४० वर्षीया मोतीकला छन्त्याललाई सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको बज्राचार्यले जानकारी दिनुभयो ।
डेभिस फल (छाँगो) भन्दा केहि माथि देखिएको बाढी
त्यसैगरी पोखराको छोरेपाटनमा पनि केहि घर डुबानमा परेका छन् । दामोदर (खहरे) खोलामा आएको पानीले निकास नपाएपछी सो ठाउका घरहरु डुबानमा परेका हुन् । खोलाको पानी जाने ठाउँ पुरेर प्लटिङ गरि घर तथा घडेरी बनाइएपछी उक्त बस्ती डुबानमा परेको हो । छोरेपाटनकै पर्यटकीय स्थल डेभिस फल ( पातले छाँगो ) मा पानीको सतह बढेपछी पर्यटक तथा सर्बसाधारण सबैलाइ भित्र जान रोक लगाइएको छ । भारी बर्षा पछी पोखराको फेवातालमा पनि पानीको सतह निकै बढेको छ।
बाढी पछी फेवातालको ड्यामबाट छाडिएको पानी
बाढीका कारण कास्कीको भदौरे तामागीको ठुलाखेत खहरे खोलाको पुल बगाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution