कोरियन भाषाको परीक्षाफल प्रकाशित

काठमाडौँ, ११ साउन –

वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले यस वर्षका लागि दक्षिण कोरियामा कामका लागि जान तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएको जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्र्तीण भएका छन् । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए ।

कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्ष सातौ पटक परीक्षा लिइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button