काठमाडौँ, ११ साउन –
वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले यस वर्षका लागि दक्षिण कोरियामा कामका लागि जान तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएको जनाएको छ ।
कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्र्तीण भएका छन् । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए ।
कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्ष सातौ पटक परीक्षा लिइएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution