गण्डक ब्यारेजको सबै ढोका खोलियो

नवलपरासी, ११ साउन –

नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको बिन्दुसमेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नारायणी नदीमा गरिएको पछिल्लो पानी मापनअनुसार ९ दशमलब ४१ मिटर रहेको देबघाटस्थित जल मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत हुन्छ ।

नदीमा पानीको बहाव बढ्दै जाँदा जल मापन प्रविधिमा समेत प्राविधिक समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गण्डक ब्यारेजको सबै ढोका खोलिए पनि नदीमा पानीको बहाव निकै रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गदै नदी किनार आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचित गरेको छ ।

अहिले यस क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले नदी किनार आसपासमा साइरन बजाई स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो ।

नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी, प्रतापपुर, गुठी सूर्यपुरालगायतका १३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् ।

नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधका कारण पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेको हो । पहाडी जिल्लामा तीन दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button