दिक्तेल-हलेसी सडक पूर्णरुपमा अवरुद्ध

  • पोखरा न्यूज
  • २०७३ श्रावण १२
दिक्तेल-हलेसी सडक पूर्णरुपमा अवरुद्ध

 

खोटाङ, १२ साउन –

लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । जयरामघाटदेखि हलेसी, हलेसीदेखि मुढे र मुढेदेखि दिक्तेल गरी तीन खण्डमा विभाजित सडकमा अहिले कुनै पनि यात्रुवाहक सवारीसाधन चल्न सकेका छैनन् ।

साउन लागेयता निरन्तर भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक पाँच दिनदेखि पूर्णरुपमा अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

वर्षायाम सुरु भएसँगै सुरुमा दिक्तेल–मुढे र त्यसपछि मुढे–हलेसी सडक अवरुद्ध भएको हो । ठाउँ–ठाउँमा पहिरो खसेका कारण हलेसीदेखि जयराम खण्ड पनि दुई दिनदेखि ठप्प बनेको यातायात व्यवसायी सङ्घले जनाएको छ । सहर जाने र आउने मुख्य सडक अवरुद्ध भएपछि सर्वसाधारण मारमा परेका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस