पोखरा, ११ साउन –
अविरल वर्षासंगै मादी नदीमा आएको बाढीले दुई÷दुई वटा घर र भवन बगाएको छ । कास्कीको पार्चे गाविसका १ सोधा गाउँका दुई-दुई घर र भवन बगाएको स्थानीयले बताएका छन ।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै नदीको वहाव बढेकोले नदीले बस्ती नै बगाउने गरी कटान गर्दै स्थानीय अशोक भुजेल र बालसिहं भुजेलको घर बगाएको स्थानीय यमन गुरुङले जानकारी दिए । यस अगाडि कन्या कुमारी गुरुङको घर बगाएको थियो । त्यसैगरी गाउँघर क्लिनिकको भवन र दुध पोखरी उच्च माविको प्राध्यानाध्यापकको कार्यकक्ष भवन नदीले बगाएको स्थानीय गुरुङले जनाए । आसमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्रीको घर जोखिममा परेको स्थानीय गुरुङले बताए । उनीहरु घरमा बस्ने स्थिति नभएपछि गाउँ भन्दा माथि रहेको दुधपोखरी माविमा बसेका छन । नदीले खेतीयोग्य जमिन कटान गरेको छ । नदीको कटान बढ्दै गएकाले मानव बस्ती निकै जोखिम भएको स्थानीयले गुनासो गरे । बाढीले बगाउने डरले अधिकाशं स्थानीयहरुले घर छाड्न लागेको बताएका उनले भने “ धेरेैले बाढी पस्ने डरले घर छोडेर सुरक्षित ठाउँमा बसेका छन, केही दिन अगाडि पनि एक घर बगाएपछि गाँउलेहरु झन त्रसित भएका हुन । ” मादी नदीको प्रभावले गर्दा हाल १० घरका ३० जना प्रत्यक्ष प्रभावित भएको स्थानीयले जनाए । घर विहीन बनेकाहरुले आफ्नो अन्यत्र जग्गा जमिन नभएका कारण सरकारले पुर्नबासको व्यवस्था मिलाइ माग गरेका छन । विज्ञहरुले नदीको किनारामा नबस्न सुझाव दिदै आएका छन ।
अविरल वर्षापछि खसेको पहिरोले अबरुद्ध भएको सिद्धार्थ राजमार्ग मंगलबार दिउसो ८ घण्टा पछि दिउसो ४ बजे देखि पुनः संचालनमा आएको छ । कास्की र स्याङ्जाको सिमानामा पर्ने कुभिण्डेभञ्ज्याङमा पहिरो गएपछि पोखरा–स्याङ्जा सडकखण्ड विहानै देखि अवरुद्ध भएको थियो । स्थानीय, सुरक्षाकर्मी र डोजरको सहायतबाट सडकमा खसेको पहिरो हटाए पछि सडक पुनःसंचालनमा आएको हो । सडक अवरुद्ध हुँदा पोखराबाट स्याङ्जा जाँदै गरेका र स्याङ्जाबाट पोखराउ आउँदै गरेका यात्रुबीच बाटोमै अलपत्र परेका थिए । ठूलो ढिस्को नै खसेकाले पहिरो हटाउन ८ घण्टा लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरो हटाउन गएको जेसिभी बाटैमा बिग्रिएकाले पनि सडक खुलाउन समय लागेको हो । पहिरो खसेको ठाउँ पोखरा र स्याङ्जाको सिमाना नजिक भएपनि कास्की क्षेत्रमै पर्छ ।
यसैबीच, कास्कीको घट्टेखोलामा पहिरो खसेर अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड खुलेको छ । बिहान करिब साढे ४ बजे सडकमाथिको भीरबाट लेदो माटो खसेर अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड मध्यान्ह १२ बजेपछि दोहोरो सञ्चालनमा आएको हो । यसअघि बिहान साढे ७ बजेबाट एकतर्फी सञ्चालनमा आएपनि दिउँसोबाट दोहोरो सञ्चालनमा आएको हो । पहिरो हटाउन प्रहरी निरीपक मोहनबहादुर खाणको नेतृत्वमा २० जनाको प्रहरी टोली खटिएको थियो ।
त्यसैगरी, याम्दीखोलामा पानीको बहाब बढेपछि पोखरा १ कसेरीका ३५ घर जोखिममा परेका छन् । उनीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वर्षाको कारण पोखराको ५ प्रस्याङमा जमिन भास्एिको छ । पोखरा— बागलुङ सडक नजिकै जमिन भासिएको हो । जिरो किलोमिटरबाट सिम्पानी सम्मको सडक फराकिलो बनाउन निर्माण गरिएको नाला समेत क्षति पुगेको छ । वर्षले पोखराका केही ठाउँ डुबानमा समेत परेका छन् । सोमबार साँझदेखि परेको पानी पोखरामा मध्यान्हदेखि रोकिएको छ ।विभिन्न ठाँउमा सडक अबरुद्ध हुने गरी गएको पहिरो पन्छाउन र घरहरुमा डुवान भएकाको उद्धारमा सुरक्षाकर्मी विहानै देखि खटिएका थिए भने स्थानीयले समेत उद्धारमा साथ दिएका हुन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution