
दाङ, १२ साउन –
राप्ती नदी किनारमा बुधबर बिहान चारवटा शव फेला परेकोे छ । दुई महिला र दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार राप्तीको बहाव कम भएपछि बुधबार बिहान दाङका सतवरिया गाविस–५ बगरापुरमा ती शव फेला परेका हुन् ।
उपरीक्षक सिंहले ती शव पहाडी जिल्ला प्यूठानतिरबाट राप्ती नदीले बगाएर ल्याएको हुनसक्ने बताउनुभयो । रासस





