पन्ध्र स्थानमा वायु प्रदूषणमापन यन्त्र राखिने

 

काठमाडौँ, १२ साउन –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

काठमाडौँ उपत्यका तथा धुलिखेलका विभिन्न १५ स्थानमा वायु प्रदूषणमापन यन्त्र राखिने भएको छ ।

अहिलेसम्म वायु प्रदूषणको आधिकारिक तथ्याङ्क प्राप्त गर्ने कुनै निकाय नभएकाले वातावरण विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी उक्त यन्त्र राख्न लागेको हो ।

विभागका सिनियर डिभिजन केमिस्ट शङ्करप्रसाद पौडेलका अनुसार काठमाडौँ उपत्यकामा मच्छेगाउँ, पुल्चोक क्याम्पस, रत्नपार्क, भक्तपुर, खुमलटार, चन्द्रागिरी, कपन, टेकु, धुलिखेललगायतका स्थानमा मापन यन्त्र राख्न लागिएको हो ।

केही दिनभित्रै रत्नपार्क, पुल्चोक र धुलिखेलमा पहिलो चरणअन्तर्गत उक्त यन्त्र राखिने उहाँले बताउनुभयो । हाल अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा दुई, विभागमा तीन र दिगो सहरी यातायात आयोजनामा चारवटा वायु प्रदूषण मापनसम्बन्धी प्रयोगमा नआइसकेका उपकरण रहेका छन् ।

पौडेलले भन्नुभयो– “सम्पूर्ण उपकरण समयमा नै आउने हो भने हामीले सबै स्थानमा यही वर्षको कात्तिक महिनासम्ममा वायु प्रदूषण मापन यन्त्र जडान गरिसक्ने छौँ ।”

काठमाडौँ उपत्यकामा ६० प्रतिशत वायु प्रदूषण सवारी साधनबाट हुने गरेको विभागको अध्ययनबाट देखिन्छ । एक अन्तर्राष्ट्रिय अध्ययनले विश्वका दुई हजार ९७३ वायु प्रदुषण उच्च रहेको सहरमध्ये काठमाडौँ २६१ नम्बरमा पर्ने देखाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button