ताप्लेजुङ, १२ साउन –
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादी केन्द्र र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमति खारेज भई नयाँ सहमति भए एमालेसहितको सहमतीय सरकार निर्माण हुन सक्ने बताउनुभएको छ ।
प्रेस चौतारी ताप्लेजुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, एमाले नेतृत्वको सरकारले घोषणा गरेको तहगत निर्वाचन, बजेट कार्यान्वयनलगायत विषयमा सहमति भए सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने धारणा राख्नु भयो ।
एमाले सरकारमा रहँदा आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रता र निर्णय लिन सक्ने क्षमतालाई गुमाउन नदिएको दाबी गर्दै सचिव भटराईले अब फेरि मुलुकमा अन्तर्राष्ट्रिय चलखेल बढ्न सक्ने उल्लेख गर्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution