दहीमा ठगी

काठमाडौँ, १२ साउन –

काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दहीमा ठगी भएको पाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि पठाएपछि नाप गर्दा व्यापक ठगी भएको पाइएको हो । विभिन्न कम्पनीलाई जाँच गर्दा एक लिटर दहीमा १४० देखि १६० मिलिलिटरसम्म कम भेटिएको पाइएको छ ।

जाँच गरिएकामध्ये नेपाल डेरीमा १५० मिलिलिटर, सुवजु जुजु धौ भक्तपुर १६०, आर एस जुजु धौ सेन्टर भक्तपुर १४०, शिवम् डेरी प्राली भक्तपुर १५० मिलिलिटर दही कम फेला परेको नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बालाजुका कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिनुभयो ।

“दहीमा ठगी गरेको पाइएपछि कारबाहीका लागि सम्बन्धित डेरीलाई पत्राचार गरेका छौँ,” उहाँले भन्नुभयो । यसअघि दूधमा गरेको अनुगमनमा आधा लिटरमा ११० मिलिलिटरसम्म कम भएको पाइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button