प्युठानमा बाढी पहिरोबाट मृत्यु हुनेको सङख्या ३८ पुग्यो

प्यूठान, १२ साउन –

अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार गरी जिल्लाका विभिन्न ठाँउमा ३८ जनाको मृत्यू भएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पहिरोमा परी गएराति नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुर्दा उनको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी उहाँकी श्रीमती विन्दुसँगै ज्यान गुनाउनुभएका केसी मङ्गलबार दिनभर पहिरो पीडितको उद्धारमा खटिनुभएको स्थानीयले बताएका छन् ।

पहिरोमा परी अहिलेसम्म सबैभन्दा धेरै फोप्लीमा मानवीय क्षति भएको छ । फोप्ली गाविसको ३, ४ र ६ वडामा मात्रै १४ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा फोप्ली–३ का चेतमान पुन, शेरबहादुर पुन, फोप्ली–४ मा एक बालिका र एक बालकको ज्यान गएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी र पवित्रा केसीको मृत्यु भएको छ । घर पहिरोमा परी फोप्ली–३ मा मनिराम पुन, तेजे पुन र खरेली पुनको मृत्यु भएको छ । त्यस्तै फोप्ली–६ मा हरिबहादुर केसी, उहाँकी श्रीमती विन्दु केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको मृत्य भएको प्रहरीले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्र अर्खामा भएको घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्खा–६ का ५२ वर्षीय देवबहादुर बुढा, हिमाल बुढा र जवुना बुढा रहेका छन् । त्यस्तै माजकोट गाविसकी जाली पुन र एक पुरुष तथा एक महिलाको पहिचान हुन सकेको छैन । त्यस्ते खवाङ–७ मा दिलमाया केसी, ३ मा दविले सुनार र सोही ठाँउकै डिके सुनारको मृत्यु भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पुजा–१ मा सुपारी मल्ल र छोरा मुकेश मल्लको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । त्यस्तै लुङ–६ मा शिबबहादुर सुनारको पहिरोले पुरिएर मृत्य भएको छ । त्यस्तै लुङमा रञ्जना केसी र शुसीला केसीको पुरिएर मृत्यु भएको छ ।

पहिरोमा परी जिल्लाका अझै ११ जना बेपत्ता भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । तर स्थानीयले भने अझै १७ जना बेपत्ता भएको दाबी गरेका छन ।

बेपत्ता हुनेमा फोप्ली–३ का चेतमान पुन, उहाँको छोरी (नाम खुल्न सकेको छैन), चेतुना पुन, चेतुना पुनको छोरा र छोरी अझै बेपत्ता छन् । त्यस्तै मानवहादुर पुन, पहिचान नभएको उहाँको आमा पनि बेपत्ता हुनुभएको छ । त्यस्तै लुङ–३ मा शोभा रिजाल, काली परियार, किरण थापा, खवाङ–३ का कुटुरी सुनार बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मृत्यु हुनेमा फोप्ली ३ का आठ महिने बालिका नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, त्यस्तै फोप्ली– ४ का सेमली पुन र छमी पुन रहेका छन् । जिल्लामा अधिकाश ठाँउमा उद्धारका लागि जिल्लामा स्रोत र साधनको अभाव तथा सडक अवरुद्ध हुँदा उद्धारकार्यमा ढिलो भएको छ । प्रभावित क्षेत्रमा पानी, खाद्यान्न र बसोबासको समेत अभाव रहेको छ ।

उता प्यूठानमा हालसम्मकै विपत्ति आएको भन्दै पूर्व गृहमन्त्री वामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, सांसदहरु दुर्गा पौडेल, हीराबहादुर केसी, धनबहादुर रायमाझी, पुनाराम थापा र पूर्व सांसद मुक्ति शर्मासहितको टोलीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित रक्षा र गृह मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

जिल्लामा तत्काल राहत तथा उद्धारमा ध्यान दिन भन्दै आफूहरुले केन्द्रको ध्यानाकर्षण गराएको डा पोख्रेलले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button