पोखरामा १५ दिनसम्म पानीको अभाव हुने

पोखरा, १२ साउन –

२० ईन्चको पाईप बाढीले बगाएपछि पोखरामा पानी अभाव

यस बर्ष पनि पोखरेलीहरुले मर्दीबाट आएको २० इृन्चको पाईप बगाउदा पानीको समस्या भोग्नु पर्ने भएको छ । २० ईन्चको पाईप बाढीले बगाए पछि हाल पोखरामा आपुर्ति हुदै आएको खानेपानीको करीब ५० प्रतिशत भन्दा कम पानी आउने भएकोले कम्तीमा पनि १५ दिनसम्म पोखरामा पानीको समस्या हुने भएको नेपाल खानेपानी संस्थानको कार्यालय पोखराले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साउन १० र ११ गते अविरल परेको बर्षाले पोखरा ल्याउने खानेपानीको पाईप मर्दीखोलाले बगाए पछि तत्काल उक्त पाईप जडान गर्न सक्ने अबस्था नभएको कार्यालयका प्रमुख निरण महर्जनले बताए । उनले भने “ यस बर्ष पनि बाढीले पोखरा आउने २० ईन्चको पाईप मर्दी पुल नजिकैको क्षेत्रमा करीब ५० मिटर क्षेत्रसम्म वगाएको छ, जुन पाईपलाई हामीले तत्काल जडान गर्न सक्दैनौं, अस्थायी पाईप कम्पनीमा निमार्ण गर्न लागेर जडान गर्दा कम्तीमा दुई साता समय लाग्छ । ” कास्की प्रशासनबाट समेत जति सक्छो छिटो खानेपानी जडान गर्नं निर्देशन आए पनि प्राविधिक हिसावले आफुहरुसंग सवै प्रविधिहरु नभएको हुनाले आफुहरुले चाहेर पनि तत्काल पानी जडान गर्न सक्ने अबस्था नभएको कार्यालय प्रमुख मर्हजनले बताए । पोखरामा आउने उक्त पाईपको पानी अबरुद्ध हुदा पानीको समस्या हुने भएकोले पानीको धाराबाट आउने पानीको विकल्प प्रयोग गर्न सुझव दिदै उनले बर्षायाम भएकोले आकासे पानीलाई घर घरमा संकलन गर्न समेत सुझाव दिए ।

उनका अनुसार पोखरामा हाल दैनिक जसो करीब ४ करोड लिटर पानेपानी खपत हुदै आएको छ । २० ईन्चको पाईप मर्मत हुदा २ करोड ५० लाख लिटर क्षेमताको उक्त पाईप हुदै पोखरा आउने पानी हाल अबरुद्ध हुदा पोखरामा दैनिक रुपमा खपत हुने गरेको पानी करीब ५० प्रतिशत कम आउने भएको मर्हजनले बताए । बर्खायाम भएकोले अन्य समयमा भन्दा कम पानी प्रयोग हुने गर्दछ । करीब ४ लाख जनतालाई लक्षित हुने पोखरामा खोनपानीको लागि ३७ हजार धारा जडान भएको कार्यालयले जनाएको छ ।

मर्दीबाट आएको उक्त २० इन्चको पाईपमा हाल समस्या देखिए पनि १६ इन्चको पाईपबाट भने पानी आई रहेको मर्हजनले बताए । १६ ईन्चको पाईपबाट हाल करीब एक करोड ५० लाख लिटर पानी पोखरामा आउने गरेको छ । पानीलाई सहि ढंगले प्रयोग गर्न उनले आग्रह गरेका छन । विश्व बैंकको सहयोगमा २०४४ सालमा मर्दीबाट १६ ईन्चको पाईपमा पानी आपूर्ति भईरहेको छ भने जापानको जाईकाको सहयोगमा ३ बर्ष अघिदेखि मर्दीबाट नै २० ईन्चको पाईपबाट पानी आपूर्ति भएको हो । १६ इृन्चबाट पोखरामा आएको पानी हाल धमिलो तथा लेदो भएकोले पिउने पानी समस्या भोग्नु परेको पोखरेलीले गुनासो गरेका छन । धारो जडान गर्दा १६ ईन्चको पाईप र २० इन्चको पाईए छुट्टा छुट्टै तरीकाले धाराहरु जडान भएकोले एक पाईप अबरुद्ध हुदा पोखराका केहि घरमा धारो आउने त कोहिको घरको धारामा पानी नआउने समस्या रहेको छ । धारा जडान बैज्ञानिक ढंगले हुन नसकेको पोखरेलीले गुनासो गर्दै आएका छन । खाने पानीका केहि वोरीङहरुको केहि दिन पानी व्यवसाय फस्टाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button