अनुभव नहुँदा जनभावनाअनुसार काम गर्न सकेनौं – अध्यक्ष दाहाल

काठमाडौँ, १२ साउन –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसंँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकार्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो ।”

निजी क्षेत्रका अस्पतालले स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रले प्राप्त गरेको उपलब्धिलाई सरकारी अस्पतालले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फ्ड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो – “अहिले निजी क्षेत्रले स्वास्थ्यमा सामाजिक दायित्वबोध गरी काम गर्दा ठूला र जटिल मानिएका शल्यक्रिया र रोगका उपचार नेपाललै सम्भव भएको छ ।”

स्वास्थ्य क्षेत्रले अथक मिहेनत गरेका कारण नेपालीको औसत आयु ५१ बाट बढेर ७१ वर्षमा पुगेको भन्दै उहाँले अझ धेरै काम गर्न बाँकी रहेको विचार राख्नुभयो ।

नेकपा ९एमाले०का नेता लालबाबु पण्डितले अब विदेशमा गई महँगोमा उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभयो । उहाँले नेपालका नेता सानो समस्या परेपनि विदेश नगई नेपालमै उपचार गराउने परम्परा बसाउन सके प्रेरणादायी हुने विचार राख्नुभयो ।

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको टोलीले धादिङ ज्यामरुङकी १६ वर्षीया श्रीष कार्कीको काखीबाट ओपन हर्ट सर्जरी गरेको थियो । नेपालमा पहिलो पटक भएको भनिएको सो शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले डा भट्टराई नेतृत्वको टोलीले गएको छ महिनामा १७ जनाको ओपन हार्ट सर्जरी गरेको जानकारी दिनुभयो । तीमध्ये कालिकोट र धादिङका १२ जनाको निःशुल्क उपचार गरिएको थियो । ओपन हार्ट सर्जरी गर्दा रु चार लाख खर्च लाग्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button