अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १२ साउन –

अस्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भन्दै ठगी गर्ने नुवाकोट काउली गाविस–१ का विनोद अधिकारीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

युरो फाउन्डेसन कन्सल्टेन्सीका सञ्चालक अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौँबाट पक्राउ गरेको हो ।

नुवाकोट काउली गाविस–१ का रामजी अधिकारी, विनोद अधिकारी र तेह्रथुम सुडाप–४ का आङखेवा लिम्बुले म्याग्दीका विष्णु मल्ललगायतका व्यक्तिलाई अस्ट्रेलिया पठाई रोजगारी लगाइदिने भनी रु पाँच लाख ८० हजार लिएकोमा रोजगारीमा नपठाई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा विनोदलाई प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको जनाएको छ ।

कन्सलटेन्सीले गैह्रकानुनीरुपले अस्ट्रेलिया पठाई कार्गोमा लोडअनलोडको जागिर लगाइदिने भन्दै मोहन कार्कीबाट रु चार लाख, कृष्णा लामिछानेबाट रु पाँच लाख, राजन गौतमबाट रु तीन लाख, दीपक पन्तबाट रु एक लाख ५० हजार तथा राजन महर्जन, घनश्याम सापकोटासमेतबाट रकम लिई प्रतिव्यक्ति रु आठ लाख लाग्ने भनी रकम लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विनोदलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button