पोखरा, १२ साउन –
नेपाल सरकारले ल्याएको नयाँ शिक्षा नीति तथा अष्ट्रेलियाको नयाँ भिषा प्रणालीबारे जानकारी दिने उद्देश्यले इक्यानका सदस्यहरुबीच बुधबार पोखरामा अन्तरक्रिया भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र इक्यान केन्द्रीय कार्यालयको सहकार्यमा अन्तक्र्रिया आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले अन्तक्र्रियाबाट प्राप्त रायसुझावहरु संकलन गरी नेपाल सरकारलाई बुझाउने बताए । वैदेशिक अध्ययनमा जान चाहने र गैसकेका विद्यार्थीहरुको सहजताका लागि शैक्षिक परामर्शदाताहरुबाट प्राप्त सुझावहरु पनि नयाँ बन्ने शिक्षा ऐनका लागि महत्वपूर्ण हुने भएकाले पोखरामा आयोजित यो कार्यक्रम निकै फलदायी हुने धारणा राखे ।
यस्तै, कार्यक्रममा बिशेष अतिथि इक्यानका निर्वतमान अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्शदाताहरुको सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले ल्याएको नीति व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्नेहरुले शैक्षिक परामर्शदाताहरुले सरकारको नीतिनियम तथा ऐनलाई ख्याल गरेर परामर्शदाताको काम गर्ने हो भने विद्यार्थी तथा अभिभावकलाई समेत सहज हुने बताए ।
अन्तरक्रियामा अष्ट्रेलियाको नयाँ भिषा प्रणाली (एसएसभिएस) बारे पनि छलफल गरिएको थियो । दुई सेसनमा सम्पन्न कार्यक्रमको पहिलो सेसन शिक्षा नीतिका बारेमा इक्यानको नीति निर्माण समितिका संयोजक सूर्य बहादुर डाँगी र दोश्रो सेसन एसएसभिएसको बारेमा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा इक्यान कास्कीका सल्लाहकार रमेशकुमार थापाले शुभकामना मन्तव्य, इक्यान कास्कीका उपाध्यक्ष मिलन तिवारीले स्वागत मन्तव्य, इक्यान कास्कीकै तालिम विभाग संयोजक रुद्रप्रसाद अर्यालले कार्यक्रमको उपादयेताका बारेमा जानकारी गराएका थिए । इक्यान कास्कीका अध्यक्ष महेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इक्यानका कार्यकारिणी सदस्य भुवन क्षेत्रीले गरेका थिए।
अन्तक्रिर्यामा पोखराका ५० भन्दा बढी शैक्षिक परामर्शदाताहरुको उपस्थिती रहेको थियो । इक्यान केन्द्रले यस्तो खाले कार्यक्रम यसअघि चितवन र काठमाडौंमा गरिसकेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution